आयोगले तोक्यो शिक्षक बढुवाको परीक्षा केन्द्र

हिमाल प्रेस २६ कार्तिक २०८० १४:०७ | Sunday, November 12, 2023
आयोगले तोक्यो शिक्षक बढुवाको परीक्षा केन्द्र

काठमाडौँ– शिक्षक सेवा आयोगले शिक्षक बढुवाका लागि हुने लिखित परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ। आयोगले माध्यमिक, निम्नमाध्यमिक र प्रथामिक तह प्रथम तथा द्वितीय श्रेणीका शिक्षकहरूको आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत) बढुवाको लिखित परीक्षामा सम्मिलित हुने उम्मेदवारहरूको परीक्षा केन्द्र सार्वजनिक गरेको हो। परीक्षा आगामी मंसिर ९ गते बिहान ११ बजेदेखि सञ्चालन हुने कार्यतालिका छ।

आयोगले गत भदौ ११ गते आन्तरिक प्रतियोगितात्मक परीक्षामा आधारमा गरिने (२५ प्रतिशत) शिक्षक बढुवाको विज्ञापन गरेको थियो। प्राथमिक द्वितीयमा १९७ जना, प्राथमिक प्रथममा ३३ जना, निम्न माध्यमिक प्रथममा ४४ जना, निम्नमाध्यमिक द्वितीयमा ४ जना, मावि द्वितीयमा ४२ जना र मावि प्रथममा १५ जनाका लागि विज्ञापन गरेको छ।

 

प्रकाशित: २६ कार्तिक २०८० १४:०७ | Sunday, November 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast