आगलागीमा परी चार जनाको मृत्यु

हिमाल प्रेस ९ मंसिर २०८० ८:१६ | Saturday, November 25, 2023
आगलागीमा परी चार जनाको मृत्यु

काठमाडौँ- बर्दियाको गुलरिया नगरपालिका ४ तुलापुरमा आगलागी हुँदा शुक्रबार राति करिब ८ बजे चार जनाको मृत्यु भएको छ। आगलागीमा एक जना घाइते भएका छन्।

स्थानीय भरत चन्दको इट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा मानवीय क्षति भएको बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

आगलागीबाट घरको एउटा कोठा पूर्ण रूपमा जली नष्ट भएको थियो। घाइतेको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ। मृत्यु हुनेमा बर्दिया गुलरिया नगरपालिका ४ का ३६ वर्षीया राधा बुढा, नौ वर्षीया मानसी बुढा, सात वर्षीय कृष चन्द र १८ महिनाको कार्तिक चन्द रहेको प्रहरीले जनाएको छ।

यता बर्दिया गुलरिया नगरपालिका ४ का २७ वर्षीया करिश्मा चन्द घाइते भए।

प्रकाशित: ९ मंसिर २०८० ८:१६ | Saturday, November 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast