आईसीसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाइफलाई सम्मान

हिमाल प्रेस १२ मंसिर २०८० १६:५० | Tuesday, November 28, 2023
आईसीसी इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाइफलाई सम्मान

काठमाडौँ– इण्डियन च्याम्बर अफ कमर्शद्धारा आयोजित चौथो आईसीसी इमर्जिङ एसिया कन्क्लेभमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ।

भारतको मुम्बईस्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न समारोहमा बिमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बिमा कम्पनीमध्ये उत्कृष्ट कम्पनीलाई सम्मानित गरिएको थियो।

जसमा जीवन बिमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ‘ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड’बाट सम्मानित भएको छ। पीडब्लूसीले एसियाका बिमा कम्पनीहरूको कार्यसम्पादन मूल्यांकनलगायत अन्य विधिलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई यो सम्मान दिइएको जनाइएको छ।

प्रकाशित: १२ मंसिर २०८० १६:५० | Tuesday, November 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast