आइएमई लाइफ इन्स्योरेन्सद्वारा जाजरकोट भूकम्प प्रभावितलाई १० लाख सहयोग

हिमाल प्रेस २० कार्तिक २०८० ११:४८ | Monday, November 6, 2023
आइएमई लाइफ इन्स्योरेन्सद्वारा जाजरकोट भूकम्प प्रभावितलाई १० लाख सहयोग

काठमाडौँ– आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सामाजित उत्तरदायित्वअन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरूलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

भूकम्पका कारण जाजरकोट, रुकुमलगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको र उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत पुगोस् भन्ने हेतुले कोषमा रकम प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक उत्तरदायित्व कार्य गरि सहयोग र हातेमालो गर्न कम्पनी अग्रसर रहने आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले बताए।

प्रकाशित: २० कार्तिक २०८० ११:४८ | Monday, November 6, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast