आइएमई बन्यो सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

हिमाल प्रेस ७ मंसिर २०८० १२:३१ | Thursday, November 23, 2023
आइएमई बन्यो सबैभन्दा बढी कर तिर्ने रेमिट्यान्स कम्पनी

काठमाडौँ– आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने रेमिट्यान्स कम्पनीको रूपमा सम्मानित भएको छ।

राष्ट्रिय कर दिवस, २०८० का अवसरमा बिहीबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आइएमई ग्रुपका प्रबन्ध निर्देशक र आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेमराज ढकाललाई सम्मानपत्र हस्तान्तरण गरेका हुन्।

आइएमई रेमिट्यान्स आइएमई ग्रुपअन्तर्गतको कम्पनी हो। जसमा मुख्य लगानी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उनका भाइ हेमराज ढकालको छ।

सन् २००१ मा स्थापित आइएमईले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ। आइएमईलाई बैंकिङ सञ्जालमार्फत विदेशी मुद्रा नेपाल भित्र्याएर औपचारिक अर्थतन्त्रको विकासमा योगदान गरेको श्रेय जान्छ।

प्रकाशित: ७ मंसिर २०८० १२:३१ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast