अष्ट्रेलियाले भूकम्पपीडितलाई पाँच करोड प्रदान गर्ने

हिमाल प्रेस १ मंसिर २०८० ७:४१ | Friday, November 17, 2023
अष्ट्रेलियाले भूकम्पपीडितलाई पाँच करोड प्रदान गर्ने

काठमाडौँ- अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि ६ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब पाँच करोड नौ लाख रुपैयाँ बराबरको मानवीय सहायता घोषणा गरेको छ।

यहाँस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ । नेपालस्थित संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैंगिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ।

उक्त सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनर्निमाणमा सहयोग गर्नेछ।

नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भनिन्, ‘पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दछु। अष्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ। हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ।’ रासस

प्रकाशित: १ मंसिर २०८० ७:४१ | Friday, November 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast