अख्तियार देखेर कर्मचारी डराए : अर्थमन्त्री

हिमाल प्रेस २४ कार्तिक २०८० १६:३८ | Friday, November 10, 2023
अख्तियार देखेर कर्मचारी डराए : अर्थमन्त्री फाइल तस्बिर।

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीलाई पत्र काट्दा काम गर्न समस्या परेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा महतले अख्तियारले पत्र काट्दा कर्मचारी त्रसित बनेको बताए।

‘विभिन्न मन्त्रालयका कर्मचारीको नाममा अख्तियारबाट २२ बुँदे पत्र आएको छ। कर्मचारीहरू त्रसित छन्,’ उनले भने, ‘यसले काम गर्न कर्मचारीलाई असहज भएको छ। विगतलाई हेर्दा अर्थसचिव भएकाहरू पनि निलम्बनमा परेको अवस्था छ।’

प्रकाशित: २४ कार्तिक २०८० १६:३८ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast