‘भी२९ई फाइभ जी’ सार्वजनिक गर्दै भिभो

हिमाल प्रेस १४ कार्तिक २०८० १८:३६
8
SHARES
‘भी२९ई फाइभ जी’ सार्वजनिक गर्दै भिभो

काठमाडौँ- स्मार्टफोन निर्माण कम्पनी भिभोले ‘भी२९ई फाइभ जी’ सार्वजनिक गर्ने भएको छ। उपभोक्तालाई स्मार्ट औरा लाइट पोट्रेट फिचर तथा अल्ट्रा स्लिम डिजाइनमा स्मार्टफोन उपलब्ध गराउने उद्देश्यले स्मार्टफोन बजारमा ल्याउन लागेको कम्पनीले जानकारी दिएको छ।

भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन सार्वजनिक गर्ने भएको हो। यसअघि भिभोले भी२९ फाइभ जी सार्वजनिक गरेको थियो। ‘भिभोले बहुप्रतिक्षित भी२९ई फाइभ जी सार्वजनिक गर्ने तयारी गरिरहेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘यो नयाँ स्मार्टफोनको समावेशले भिभोको उत्पादन दायरालाई फराकिलो बनाउँदै, नवीनतामा केन्द्रित हुने कम्पनीको अटल प्रतिबद्धतालाई जोड दिएको छ।’

भिभो भी२९ई फाइभ जीले उत्कृष्ट क्यामेरा सेटअप, लक्जरियस डिजाइनका साथै मोबाइल टेक्नोलोजी र भिजुअल अपिएरेन्शको नयाँ मापदण्डहरू कायम गर्ने कम्पनीको भनाइ छ।

भिभो भी२९ई फाइभ जीमा तीव्र डाउनलोडहरू, स्मुद स्ट्रिमिङ, र ल्याग–फ्रि गेमिङलगायत आकर्षक विशेषता रहेका कम्पनीले बताएको छ। भी२९ई फाइभ जीमा सुपर नाइट मोड, सुपर मुनमोडलगायत ५० एमपी एचडी फ्रन्ट क्यामेरा रहेको र यसले आकर्षक र उत्कृष्ट तस्वीर खिच्न मद्दत गर्ने कम्पनीको दाबी छ।

भिभो भी२९ई मा १२० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ। यसको रोज गोल्ड भेरियन्टमा लक्जुरियस अनुभवका लागि नानो–स्केल फोटो एचिङ प्रविधि रहेको छ। साथै फरेस्ट ब्ल्याक भेरियन्टमा थप सुन्दरताका लागि फ्लोराइट एजीग्लास रहेको छ।

भिभो नेपालका जनरल म्यानेजर माईकलले भिभो भी२९ई फाइभ जी कोसेढुंगाको रूपमा कनेक्टिभिटी र नवीनताको नयाँ युगको सुरु हुने बताए। उक्त स्मार्टफोनमा ४८०० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यास चार्ज रहेको कम्पनीले बताएको छ।

प्रकाशित: १४ कार्तिक २०८० १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 12 =