काठमाडौँ- आईसीसी टी–२० विश्वकप एसिया छनोटमा मलेसियासँग खेलिरहेको नेपालले १६६ रनको लक्ष्य पाएको छ। कीर्तिपुर मैदानमा मंगलबार भइरहेको खेलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन बनाएको हो।
मलेसियाका लागि सइद अजिजले ४९ बलमा ६८ रन तथा जुबैदी जुल्किफ्लेले १६ बलमा २४ रनको योगदान दिए। बलिङतर्फ नेपालका लागि अबिनाश बोहराले ४ ओभरमा २७ रन दिँदै ४ विकेट लिए। त्यस्तै सन्दीप लामिछाने, गुल्शन झा र रोहित पौडेलले समान १-१ विकेट लिए।
प्रकाशित: १४ कार्तिक २०८० १५:०२
प्रतिक्रिया