काठमाडौँ- नेपालीको दोस्रो महान् चाड तिहार विशेष ‘सानुमाया’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा चर्चित गायकगायिका किरणबाबु पुन र टीका पुनले स्वर दिएका छन्।
गायक किरणकै शब्द र संगीत रहेको गीतको संगीत संयोजन कुमारसानु पुनले गरेका छन्। गीत मिक्सिङ र मास्टरिङ पनि कुमारकै छ। खड्गबहादुर पुन मगर (खबपु) ले निर्देशन गरेको गीतको भिडियो तिहारमा खेलिने देउसीभैलो शैलीमा तयार पारिएको छ।
भिडियोमा खबपुसहित कलाकार करिश्मा पुन मगर, करुणा तामाङ, प्रशंसा वली र शान्ति पुलामी मगरको अभिनय छ। दीपक पुन मगरले छायांकन गरेको गीतको भिडियो सम्पादन पनि उनले नै गरेका छन्। युंका प्रोडक्सनले निर्माण गरेको गीतको भिडियो गायक किरणकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
प्रकाशित: १२ कार्तिक २०८० १३:०५
प्रतिक्रिया