कुमारी बैंकको बडा दसैँ क्यास ब्याक तथा दक्षिणा योजना

हिमाल प्रेस ३ कार्तिक २०८० १५:२५
कुमारी बैंकको बडा दसैँ क्यास ब्याक तथा दक्षिणा योजना

काठमाडौँ– कुमारी बैंक लिमिटेडले नेपालीहरूको महान चाड बडा दसैँलाई लक्षित गर्दै आफ्ना बचत खातामा विभिन्न आकर्षक सुविधासहित सार्वजनिक गरेको बडा दसैँ दक्षिणा र क्यास ब्याक योजनालाई थप समयको लागि निरन्तरता दिएको छ। यो योजना कात्तिक ६ देखि ११ गतेसम्म निरन्तर रहने बैंकले जनाएको छ।

कुमारी बैंक लिमिटेडले ‘क्यास ब्याक’ योजनाले महान चाड दसैँको हर्षोल्लासलाई थप अभिवृद्धि गर्नेछ। यस योजनामा पनि कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०/५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैँयासम्म क्यास ब्याक दिइने छ। क्यास ब्याक पीओएस, क्यूआर तथा अनलाइन भुक्तानीमा लागू हुनेछ।

साथै कुमारी बैंक लिमिटेडले विजया दशमीका दिन आफ्ना ग्राहकहरुलाई थप आकर्षक सुविधासहित क्यास ब्याक अफर ‘बडा दसैँ दक्षिणा’योजना समेत सार्वजनिक गरेको छ।

यस योजनामा कात्तिक ७ गते विजया दशमीका दिन मोबाइल बैंकिङमार्फत रकम स्थानान्तरण कारोबार गर्दा नदोहोरिने गरी पहिलोे १४०० जना ग्राहकलाई बैंकद्वारा ५० रुपैयाँ क्यास ब्याक दिइने जनाएको छ। क्यास ब्याकका लागि योग्य हुन न्यूनतम कारोबार १०० हुनुपर्नेछ।

माथि उल्लेखित दुवै अफर बिहान ८ बजे देखि राति ११ः५९ बजे सम्म गरिएका सबै कारोबारमा लागू हुनेछ। कुमारी बैंकले देशभर रहेका ३०८ शाखा कार्यालय, ४८ वटा विस्तारित काउन्टर, ३०९ एटीएम र ६४ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको छ।

प्रकाशित: ३ कार्तिक २०८० १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =