एपेक्स कलेज र आईएनजीबीच साझेदारी

हिमाल प्रेस ३ कार्तिक २०८० १४:२०
एपेक्स कलेज र आईएनजीबीच साझेदारी

काठमाडौँ- एपेक्स कलेजले इन्नोभेट नेपाल ग्रुप (आईएनजी)सँग साझेदारी घोषणा गरेको छ। साझेदारीसँगै आईएनजीको नेतृत्वमा अन्तर्राष्ट्रिय पद्धती, अभ्याससहितको नवीनतम व्यवस्थापन र आईटी पाठ्यक्रम सम्मिलित अध्यापन गराइने विज्ञप्तिमार्फत जनाइएको छ।

यो साझेदारीले एपेक्स कलेजमा उपलब्ध हुने सिकाइ, प्रविधि, माध्यम र स्रोतसाधनको थप विस्तार हुने विश्वास गरिएको छ। नयाँ साझेदारीपछिको अध्ययनले बजार सुहाउँदो, युवामैत्री र अविस्मरणीय कलेज अनुभव हुने दुवै संस्थाले विश्वास गरेका छन्।

सन् २००० मा पोखरा विश्वविद्यालयको सम्बन्धनमा बीबीए र बीसीआईएस कार्यक्रममार्फत सेवा सुरु गरेको कलेजले १५ भन्दा बढी शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रकाशित: ३ कार्तिक २०८० १४:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 20 =