सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष योजना

हिमाल प्रेस ३ कार्तिक २०८० १३:४५
सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष योजना

काठमाडौँ– सानिमा बैंक र एफवान सफ्ट प्रालिको सहकार्यमा सानिमा सजिलो ईबैंकिङ सेवा प्रयोगकर्ताका लागि विशेष योजना ल्याएको छ। यो योजना असोज २८ देखि मसिंर ३ सम्म लागू हुनेछ।

यसअन्तर्गत मोबाइल बैंकिङबाट अधिकतम रकमान्तर कारोबार गर्ने १० जना ग्राहक विजेता हुनेछन्। यसमा सहभागिताका लागि ग्राहकले न्यूनतम ५०० रुपैयाँको टपअप, १०० को डाटा प्याक र २०० रुपैयाँको रकमान्तर गर्नुपर्ने हुन्छ।

सानिमा बैंकका देशभर १३२ वटा कार्यालय र १२३ वटा एटीएम छन्।

प्रकाशित: ३ कार्तिक २०८० १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =