११ यातायात कार्यालयमा एनआईएमबीको डिजिटल कारोबार

हिमाल प्रेस २ कार्तिक २०८० १६:५५
११ यातायात कार्यालयमा एनआईएमबीको डिजिटल कारोबार

काठमाडौँ- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ११ वटा यातायात व्यवस्था कार्यालयमा क्यूआर कोडमार्फत राजस्व संकलनको व्यवस्था मिलाएको छ।

यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमी भइ सेवा ग्राहीलाई लामो समय लाइनमा बसेर नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ।

क्यूआर कोड प्रणालीवाट राजस्व संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुन्छ। हाल यो सुविधा यातायात व्यवस्था कार्यालय विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठूलो भर्‍याङ, सानो भर्‍याङ, नारायणगढ, महेन्द्रनगरमा छ।

प्रकाशित: २ कार्तिक २०८० १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fifteen =