अब पनि गठबन्धन गरे कांग्रेस एक रहँदैन : महामन्त्री थापा

हिमाल प्रेस २ कार्तिक २०८० १३:३५
20
SHARES
अब पनि गठबन्धन गरे कांग्रेस एक रहँदैन : महामन्त्री थापा फाइल तस्बिर

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा गठबन्धन गरेर गए कांग्रेस एक रहन नसक्ने बताएका छन्।

नेपाल प्रेस युनियन काठमाडौँले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा थापाले ८४ को निर्वाचनमा गठबन्धन हुन नसक्ने भन्दै कांग्रेस गठबन्धन गरेर गए पार्टी एक नरहने बताएका हुन्।

थापाले निर्वाचनपछि गठबन्धन गर्न सकिने र सरकार चलाउन गठबन्धनमा रहेकामध्ये एकलाई निश्चित समय एक्लै चलाउन दिनुपर्ने धारणा राखे। निर्वाचनअघि गठबन्धन गरेर जानु सैद्धान्तिक रुपमा गलत भएको उनको भनाइ छ।

गठबन्धनमा रहेपछि संयुक्त नीति तथा कार्यक्रमका आधारमा सरकार चल्नुपर्नेमा त्यसो हुन नसकेको जिकिर गरे। थापाले गठबन्धनमा रहेकै कारण सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउन बिदा दिने कुरा कांग्रेसले स्वीकार गर्न नसक्ने बताए।

त्यस्तै उनले कोशी प्रदेशको राजनीतिक परिघटनापछि बागमती प्रदेशमा पनि सरकार फेर्नुपर्ने र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै सांसदहरु आफूलाई भेट्न आएको बताए।

थापाले अहिलेको अवस्थामा कांग्रेसले आफँैतिर फर्केर नेता कार्यकर्ता तथा जनताको असन्तुष्टिलाई सम्बोधन गर्न सच्चिएर जानुपर्नेमा जोड दिए। आगामी महासमिति बैठकको मञ्चलाई कुण्ठाभन्दा पनि पार्टीको कमीकमजोरीलाई सुधार गर्न केन्द्रित हुनुपर्ने महामन्त्री थापाको भनाइ छ।

प्रकाशित: २ कार्तिक २०८० १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast