काठमाडौँ- रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्वलगायत १५५ देशमा सञ्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्द्धित बोटिम अल्ट्रा एपमार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिट्यान्स सेवा प्रवर्द्धन गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार यूएईको केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त बोटिम अल्ट्रा एप मार्फत आइएमईको डिजिटल वालेट आइएमई पेमा सोझै रकम पठाउन सकिने छ।
यस सहकार्यले डिजिटल कारोबार बढ्नुको साथै सेवाग्राहीलाई सहज र सुरक्षित रूपमा रेमिट्यान्स प्राप्त हुने दुवै कम्पनीले विश्वास गरेका छन्।
प्रकाशित: १ कार्तिक २०८० १७:२७
प्रतिक्रिया