इनड्राइभले म्याराथनको विजेतालाई दियो विद्युतीय स्कुटर

हिमाल प्रेस ३० असोज २०८० १६:५४
इनड्राइभले म्याराथनको विजेतालाई दियो विद्युतीय स्कुटर

काठमाडौँ– इनड्राइभले १५औँ काठमाडौँ म्याराथनका विजेता होमनाथ श्रेष्ठलाई विद्युतीय स्कुटर प्रदान गरेको छ।

म्याराथन र यसका विजेताहरूलाई समर्थन गर्नुका साथै इनड्राइभले ८ सहरमा प्रशिक्षण कार्यक्रमलाई आर्थिक सहयोग गरेको थियो। जसमा ६०० सहभागीलाई तीन महिनासम्म तालिम दिइएको थियो।

यो पहलले नेपालमा नवप्रतिभाको विकास र खेलकुदको इकोसिस्टमलाई बढावा दिने इनड्राइभको दाबी छ। यसका साथै शुल्क तिर्न नसक्ने धावकहरूलाई प्रोत्साहन गर्न इनड्राइभले काठमाडौँ म्याराथनमा तीन सयभन्दा बढी खेलाडीलाई स्लट उपलब्ध गराएको थियो।

प्रकाशित: ३० असोज २०८० १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 13 =