इटहरी- कोशी प्रदेशमा कांग्रेस सांसद केदार कार्की मुख्यमन्त्री बनेका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गरेका सांसदहरूको शनिबार सनाखत गरेर नियुक्त गरेका हुन्। उनको पक्षमा ४७ सांसद छन्। मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि दाबी गरेका थिए। शुक्बार दुवै आकांक्षीका पक्षमा ४७-४७ सांसदको समर्थन देखिएको भन्दै प्रदेश प्रमुख खापुङले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय तोकेका थिए ।
आङ्बो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन्। सनाखतमा बहुमत पुष्टि भएपछि कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
प्रकाशित: २७ असोज २०८० १०:०३
प्रतिक्रिया