माध्यमिक तहको अध्यापन अनुमतिपत्र वितरणमा ढिलाइ

हिमाल प्रेस २५ असोज २०८० १५:५८
128
SHARES
माध्यमिक तहको अध्यापन अनुमतिपत्र वितरणमा ढिलाइ

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र वितरणमा ढिलाइ गर्ने भएको छ। आयोगबाट प्रकाशित विज्ञापन नम्बर ३९/०७९/८० माध्यमिक तह अध्यापन अनुमतिपत्र वितरणमा गर्न केही समय लाग्ने भएको जनाएको हो।

आयोगले कुनै विद्यालयमा विज्ञापन भएको शिक्षक पदमा नियुक्तिका लागि भने आयोगको वेबसाइटमा प्रकाशित नतिजालाई आधार बनाउन ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ। अध्यापन अनुमतिपत्र उत्तीर्ण भएका प्रतिस्पर्धीले प्रमाणपत्रको सक्कल प्रति नदेखाए पनि विज्ञापनमा दरखास्त हाल्न पाउनेछन्। तर त्यसलाई शिक्षा विकास तथा समन्वय एकाइका अधिकृतले प्रमाणित गर्नुपर्नेछ।

आयोगले बिहीबार जारी गरेको परिपत्रमा उल्लेख छ, ‘आयोगको वेबसाइटमा प्रकाशित नतिजासँग भिडाई न्यूनतम योग्यता पूरा भएको यकिन गरी अध्यापन अनुमतिपत्र उत्तीर्ण भएको व्यहोरा अधिकृतस्तरको कर्मचारीबाट प्रमाणित गरी दिने व्यवस्था हुन निर्देशानुसार अनुरोध गरिन्छ।’

प्रमाणित गर्दा निवेदन, प्रवेशपत्रको प्रतिलिपि, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्ने आयोगले जनाएको छ। यस्तै मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षाशास्त्र संकायबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको वा अन्य संकायबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिने तालिम पूरा गरेको हुनुपर्नेछ।

विज्ञान, गणित, अंग्रेजी, लेखा, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन र बाली विज्ञान विषयबाट स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेकाको हकमा तालिम नलिए पनि हुनेछ।

आयोगले भदौ २३ गते सञ्चालन गरेको माध्यमिक अध्यापन अनुमतिपत्रको नतिजा असोज १८ गते प्रकाशित गरेको थियो।

प्रकाशित: २५ असोज २०८० १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 15 =