काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा विभिन्न सामाजिक सेवासम्बन्धी काम गर्दै आएको छ। यही कारण असोज २३ गते ‘स्टप सेक्सुअल भ्वाइलेन्स’ नारा बोकी जनचेतना फैलाउने उद्देश्यका साथ भारतबाट असोज १४ गते मोटरसाइकलमा नेपाल आएका दुई महिला बाइक राइडरलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा स्वागत गरिएको छ।
बैंकका अध्यक्ष उज्जल सत्याल, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र संस्थापक सेयरधनी हेमन्तकुमार प्रसादले बाइक राइडरद्वय स्वाती आर र अनिता एमको स्वागत गरे।
प्रकाशित: २५ असोज २०८० १५:५१
प्रतिक्रिया