भारतीय सहयोगमा बनेको महेन्द्र माविको भवन हस्तान्तरण

हिमाल प्रेस २४ असोज २०८० २१:३०
26
SHARES
भारतीय सहयोगमा बनेको महेन्द्र माविको भवन हस्तान्तरण

काठमाडौँ- काठमाडौँको बालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका लागि निर्माण गरिएको भवन बुधबार हस्तान्तरण गरिएको छ। ‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको १ करोड ९२ लाख आर्थिक सहयोगमा बनेको सो भवन हस्तान्तरण गरिएको हो।

भवनको भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र जिल्ला समन्वय समिति काठमाडौँ प्रमुख सन्तोष बुढाथोकीले आज (बुधबार) संयुक्त रूपमा उद्घाटन गरी औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।

भारतले उपलब्ध गराएको उक्त अनुदान रकम तीन तले विद्यालय भवनको निर्माण र आवश्यक फर्निचर व्यवस्थापनमा खर्च गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। भारत सरकार र नेपाल सरकारबीच भएको एक सम्झौता अनुरुप यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रूपमा निर्माण गरिएको हो। जिल्ला समन्वय समिति काठमाडौँले यस परियोजनाको कार्यान्वयन गरेको हो।

उद्घाटन समारोहमा बोल्दै दूतावासका नियोग उप–प्रमुख श्रीवास्तवले यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको महत्त्वपूर्ण हिस्सा भएको बताए। उनले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरूप र दुवै देशका जनताको हितका निमित्त दुई देशबीचको विकास साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैँ प्रतिबद्ध रहेको बताए।

प्रकाशित: २४ असोज २०८० २१:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 10 =