नेपाल र जर्मनीबीच श्रम सहकार्य, दक्ष कामदार जान पाउने

हिमाल प्रेस २४ असोज २०८० १४:५६
38
SHARES
नेपाल र जर्मनीबीच श्रम सहकार्य, दक्ष कामदार जान पाउने

काठमाडौँ– नेपाल र जर्मनीबीच श्रम सहकार्यको पत्रमा हस्ताक्षर भएको छ। यो सहकार्यसँगै नेपालबाट जर्मनीमा दक्ष कामदार जान पाउने भएका छन्।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र जर्मनी संघीय रोजगार निकायका अन्तर्राष्ट्रिय मामिला निर्देशक माइकल भान डेर क्यामेनले श्रम समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। मंगलबार भएको उक्त हस्ताक्षर कार्यक्रममा श्रममन्त्री शरतसिंह भण्डारीसमेत उपस्थित थिए।

दुई देशबीच भएको समझदारीअनुसार नेपालबाट प्रशिक्षार्थी कामदार पनि जान पाउनेछन्। जसलाई जर्मनीले व्यावसायिक तालिम प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगारी उपलब्ध गराउने छ।

हस्ताक्षरअघि नेपाली र जर्मनीका प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटमा नेपाल–जर्मनी सम्बन्ध, दक्ष श्रम आप्रवासन, श्रमिकको हित र सामाजिक सुरक्षा, व्यावसायिक तालिमलगायत विषयमा छलफल भएको थियो।
नेपाली प्रतिनिधिमण्डलमा श्रममन्त्रीका साथै सचिव केवलप्रसाद भण्डारी, जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का र श्रम, रोजगार तथा सामाजिक मन्त्रालयका अन्य अधिकारी सहभागी थिए।

प्रकाशित: २४ असोज २०८० १४:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 2 =