फोर्स मोटर्सका गाडीमा रिलायन्स फाइनान्सको कर्जा

हिमाल प्रेस २१ असोज २०८० १५:०७
फोर्स मोटर्सका गाडीमा रिलायन्स फाइनान्सको कर्जा

काठमाडौँ- नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले रिलायन्स फाइनान्स लिमिटेडसँग सहकार्य गरेको छ।

दुई कम्पनीबीच भएको सहकार्यअनुसार फोर्स ब्राण्डका सवारीसाधनमा रिलायस फाइनान्सले सहजरूपमा कर्जा उपलब्ध गराउने छ। फाइनान्सले फोर्सका गाडीमा ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने भएको छ। यो सुविधा फोर्सका देशभरका डिलर र फाइनान्सका शाखाबाट उपलब्ध हुनेछ। फोर्स मोटर्सका देशभर २२ वटा डिलर तथा सर्भिस सेन्टर छन्।

फोर्स मोटर्सले दसैँ र तिहारको अवसरमा नयाँ योजना पनि सार्वजनिक गरेको छ। जसअनुसार बैंकमा ग्राहकले तिर्नुपर्ने ब्याजमा ५० प्रतिशत क्यासब्याक, एक्सचेन्जमा कम्तिमा ४ लाखको मूल्यांकन, १ वर्षको मर्मत खर्च र निःशुल्क बिमाको सुविधा रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २१ असोज २०८० १५:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =