गरिमा विकास बैंकको क्रेडिट कार्डमा ईएमआई सेवा सुरु

हिमाल प्रेस २१ असोज २०८० १३:३७
गरिमा विकास बैंकको क्रेडिट कार्डमा ईएमआई सेवा सुरु

काठमाडौँ- गरिमा विकास बैंकले आफ्नो क्रेडिट कार्डमा ईएमआई (किस्ताबन्दी) सेवा सुरु गरेको छ। ‘आज किन्नुहोस् र पछि तिर्नुहोस्’ भन्ने नाराका साथ बैंकले क्रेडिट कार्डमा उक्त सुविधा थप गरेको हो।

यसअन्तर्गत बैंकले सम्झौता गरेको विक्रेताहरूसँग सामान खरिद गरि क्रेडिट कार्डबाट भुक्तानी गर्दा खरिद रकम शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताकोरूपमा तिर्न सकिनेछ। त्यसका साथै अन्य स्थानबाट सामान खरिद गरि गरिमा विकास बैंकमा भ्याट बिल पेस गरेर पनि यो सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ।

गरिमा विकास बैंकले १२२ शाखा कार्यालय तथा ५० एटीएममार्फत देशभर सेवा प्रवाह गर्दै आइरहेको छ।

 

प्रकाशित: २१ असोज २०८० १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =