एनआइएमबी एस क्यापिटलले मनायो विश्व लगानीकर्ता सप्ताह

हिमाल प्रेस २१ असोज २०८० १२:४२
एनआइएमबी एस क्यापिटलले मनायो विश्व लगानीकर्ता सप्ताह

काठमाडौँ– एनआइएमबी एस क्यापिटल लिमिटेडलको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह, २०२३’ मनाइएको छ। त्यसमध्ये एक कार्यक्रम चितवनको भरतपुरमा गरिएको छ। नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधि सानु खड्काको समेत उपस्थिति थियो।

विश्व लगानीकर्ता सप्ताह २०२३ एक हप्ता लामो, आईओएससीओद्वारा प्रवद्र्धन गरिएको विश्वव्यापी अभियान हो। जसले लगानीकर्ता शिक्षा र संरक्षणको महत्त्वबारे चेतना जगाउन र यी दुई महत्त्वपूर्ण क्षेत्रमा धितोपत्र नियामकको विभिन्न पहललाई केन्द्रिकृत गर्दछ।

कार्यक्रमको मुख्य वक्ता एनआईएमबी एस क्यापिटल लिमिटेडका महाप्रबन्धक सचिन्द्र ढुंगाना थिए। कार्यक्रममा नेपाली सेयर बजारका विभिन्न पक्षको बारेमा पनि छलफल गरिएको थियो। उक्त कार्यक्रममा स्मार्ट लगानीकर्ताका विशेषतासहित नेपाली लगानीकर्ताको व्यवहारिक पक्षबारे छलफल भयो।

प्रकाशित: २१ असोज २०८० १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =