काठमाडौँ- नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको वितरक एमएडब्लू इन्टरप्राइजेजले एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड सार्वजनिक गरेको छ। कम्पनीले यसको मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ।
यो मोटरसाइकलमा ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत बीएस सिक्स इन्जिन टेक्नोलोजी दिइएको छ। यो मोटरसाइकल कालो र निलो रङमा उपलब्ध छ। यसमा १४९ सीसी एयर कुल्ड फोर स्ट्रोक सिंगल सिलिन्डर ब्लुकोर इन्जिन छ। जसले औसत ४५-५० किमी प्रतिलिटरको माइलेज प्रदान गर्ने कप्पनीको दाबी छ।
यसमा ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पीडोमिटर र इको ल्याम्पसहितको डिजिटल मिटर छ। एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको छ।
प्रकाशित: २१ असोज २०८० १२:०३
प्रतिक्रिया