स्थानीय तहहरूलाई सडक बत्तीको महसुल भुक्तानी गर्न प्राधिकरणको आग्रह

हिमाल प्रेस २१ असोज २०८० ८:५५
8
SHARES
स्थानीय तहहरूलाई सडक बत्तीको महसुल भुक्तानी गर्न प्राधिकरणको आग्रह

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले सडक बत्तीको विद्युत् महशुल भुक्तानी गर्न स्थानीय निकायहरुलाई आग्रह गरेको छ।

प्राधिकरणले आज (आइतबार) सूचना जारी गर्दै सडक बत्तीको महशुल ४५ दिन भित्रमा भुक्तानी गर्न स्थानीय तहहरुलाई आग्रह गरेको हो।

सडक बत्ती प्रयोग गरेवापत गएको असार मसान्तसम्मको महशुल ४५ दिनभित्रमा नबुझाए प्राधिकरणको नियम बमोजिम कारबही गर्ने चेतावनीसमेत प्राधिकरणले दिएको छ।

त्यसैगरी स्थानीय तहहरुलाई मिटर नराखी आफूखुसी जथाभावी सडक बत्ती जडान नगर्न पनि प्राधिकरणले भनेको छ।

मिटर जडान नगरी बत्ती बालिएको भए ४५ दिनभित्रमा नियमअनुसार मिटर जडान गर्न पनि प्राधिकरणले अनुरोध गरेको छ।

प्रकाशित: २१ असोज २०८० ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =