आर्टमान्डुको नयांँ गीत ‘उडान’

हिमाल प्रेस १९ असोज २०८० १८:१०
18
SHARES
आर्टमान्डुको नयांँ गीत ‘उडान’

काठमाडौं- आर्टमान्डुले नयाँ गीत ‘उडान’ सार्वजनिक गरेको छ। आर्टमान्डुको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा ट्र्याक्टर ड्राइभरको जीवनशैली र नेपालको ग्रामीण परिवेशलाई प्रस्तुत गरिएको छ।

गीतमा आशिष अविरलको स्वर तथा संगीत सुन्न सकिन्छ। गीतको भिडियोमा सम्राट थापा, अन्जना बराइली र प्रकाश नेपालीको अभिनय छ।

आर्टमान्डुको पछिल्लो समय ‘फूलथुंगे रानी’ र ‘पाहुना हजुर’ लोकप्रिय छन्।

‘तीनपाते’, ‘के माया लाग्छ र र? ‘, ‘घुमीघुमी’जस्ता चर्चित म्युजिकल फिल्म निर्माण गरेको आर्टमान्डुको यो फरक प्रयास हो। ‘जीवनमा अधिकतम बाँच्न, हास्न, नाच्न जानेका मजेदार पात्रमाथि यो सिर्जना समर्पित गर्न पाउँदा एकदम खुसी छौं,’ निर्देशक नवीन चौहान भन्छन्।

पाँचथर, इलामको सिमानामा रहेको सप्तमी बजारमा भिडिओको छायांकन गरिएको हो। आर्टमान्डुले आगामी मंसिरबाट फ्लोरमा जाने गरी फिल्म ‘ऊनको स्वीटर’ घोषणा गरिएको छ।

प्रकाशित: १९ असोज २०८० १८:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast