बुटवलमा एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम, ५५ रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण

हिमाल प्रेस १९ असोज २०८० १५:३१
बुटवलमा एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम, ५५ रिक्सा चालकलाई क्यूआर कोड हस्तान्तरण

काठमाडौँ- एभरेष्ट बैंक लिमिटेडले नेपाल अटो तथा ईरिक्सा यातायात प्रालि तिलोत्तमा रूपन्देहीलाई वित्तीय साक्षरता तथा क्यूआर कोड हस्तान्तरण गरेको छ।

लुम्बिनी कृषि उपज थोक बजार तिलोत्तमा–५ मणिग्राम रूपन्देहीमा आयोजित कार्यक्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले नेपाल अटो तथा ईरिक्सा यातायात प्रालिका ५५ भन्दा बढी सदस्यलाई क्यूआर कोड हस्तान्तरण गरे।

तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरदेवी चौधरीले एभरेष्ट बैंकको यस कार्यक्रमले सर्वसाधारणलाई सरल तथा सुरक्षित बैंकिङ सुविधा उपलब्ध हुने विश्वास व्यक्त गरिन्। बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले सदस्यहरूलाई वितरण गरिएको क्यूआर कोडले नगद कारोबारको झन्झटबाट मुक्त राख्ने र व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने बताए।

प्रकाशित: १९ असोज २०८० १५:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 19 =