काठमाडौँ- फुड डेलिभरी कम्पनी फुडमान्डुले दसैँको अवसरमा ‘बडा दसैँ बाइट्स’ अफर क्याम्पेन लिएर आएको छ। यो क्याम्पेनमा उपभोक्ताले दुईवटा अफर प्राप्त गर्न सक्नेछन्। पहिलो अफरअन्तर्गत हरेक दिन विभिन्न रेस्टुरेन्टबाट २५ प्रतिशत फ्ल्याट डिस्काउन्ट पाउन सकिने छ।
दोस्रो अफरअन्तर्गत ३० भन्दा बढी प्रख्यात रेस्टुरेन्टबाट ५० प्रतिशतसम्मको डिस्काउन्ट पाउन सकिने छ। यसबारे बोल्दै फुडमान्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनशा भट्टराई भन्छिन्, ‘यस अभियानमार्फत हाम्रा ग्राहकसँग दसैँ मनाउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। हामी सधैँ उत्कृष्ट खाना र डेलिभरीद्वारा आफ्ना ग्राहकलाई सेवा दिने प्रयासमा लागिरहेका हुन्छौँ। आशा छ की यी विशेष अफरले हाम्रा ग्राहककोे यस उत्सवमा थप आनन्द र स्वादिष्टता ल्याउने छ।’ यो अभियान कार्तिक २ गतेसम्म चल्ने छ।
यी अफरहरूको फाइदा उठाउनको लागि, फूडमान्डुुको वेबसाइटमा वा फूडमान्डुुको एप डाउनलोड गरेर फूड अर्डर गर्न सकिनेछ ।