काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई छुट दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग सम्झौता गरेको छ।
सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकले सुमेरु अस्पतालका विभिन्न सेवा जस्तै- ओपीडी, आईपीडी र फार्मेसीमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।
मुक्तिनाथ विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विभिन्न योजना चलाइरहेको छ। बैंकले नेपालभर रहेका भिसा नेटवर्कका जुनसुकै एटीएमबाट मुक्तिनाथको कार्ड प्रयोग गरी पैसा निकाल्दा निःशुल्क सेवाको व्यवस्था गरेको छ।
त्यसैगरी बैंकले प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता डिजिटल सेवा पनि दिइरहको छ।
प्रकाशित: १९ असोज २०८० १२:४६
प्रतिक्रिया