हुन्डाईले ‘फेस्टिभ कार्निभल’ आयोजना गर्ने

हिमाल प्रेस १८ असोज २०८० १३:०१
हुन्डाईले ‘फेस्टिभ कार्निभल’ आयोजना गर्ने

काठमाडौँ- बडा दसैँ, तिहार र छठको अवसरमा हुन्डाई नेपालले ल्याएको हुन्डाई फेस्टिभ डिलाइटअन्तर्गत ‘हुन्डाई फेस्टिभ कार्निभल’ असोज १९ देखि २१ गतेसम्म देशभरका आफ्ना सबै शोरुमबाट सञ्चालन गर्ने भएको छ।

कार्निभलमा हुण्डाईका सबै शोरुममा फरकफरक कार्यक्रम आयोजना गरिने छ। लाइभ फुड स्टल, लाइभ साँगीतिक प्रस्तुति, किड्ज प्ले जोन, गाडीसम्बन्धी आवश्यक टिप्स र ट्रिक्स, निःशुल्क गाडीको परीक्षण, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभी गाडीसम्बन्धी विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम रहनेछन्।

त्यस्तै ईभी हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर ¥यालीजस्ता कार्यक्रम सञ्चालन हुने कम्पनीले जनाएको छ। तीन दिने कार्निभललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई टिकटिक कन्टेक्सट, महिला चालकप्रति लक्षित कार्यक्रम पनि राखिएको छ।

प्रकाशित: १८ असोज २०८० १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 11 =