यो सरकार जति दिन रहन्छ त्यति नै मुलुक बर्बाद हुन्छ : शेखर कोइराला

हिमाल प्रेस १७ असोज २०८० १७:४२
22
SHARES
यो सरकार जति दिन रहन्छ त्यति नै मुलुक बर्बाद हुन्छ : शेखर कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र छाड्नुपर्ने बताएका छन्। यो सरकार जति दिन रह्यो त्यति मुलुक बर्बादीतर्फ जाने भन्दै नेता कोइरालाले अब दुईवटा विकल्प मात्रै रहेको बताए।

‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुदै जान्छ। नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भैसक्यो’ कोइरालाले भने।

कोइरालाले सरकारको हेपाहा र बलमिच्याइँले चर्को महंगीका कारण जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताए। जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरूको भाउ बढ्नु राम्रो संकेत नभएको समेत बताए।

कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सभापति शेरबहादुर देउवाले विधान सम्मत पार्टी सञ्चालन नगरेकाले कांग्रेस पार्टी अप्ठ्यारो अवस्थामा परेको बताए।

सभापति देउवासँग व्यक्तिगत रुपमा आफ्नो कुनै रिस नभएको तर पार्टी विधि र विधानअनुसार चल्नुपर्छ भन्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने धारणा राखे। ‘पार्टी भित्र दुर-दरारका इमान्दार, निष्ठावान र सक्रिय साथीहरूको मूल्यांकन हुन सकेको छैन, त्यसैले कांग्रेसको जग नै कमजोर हुन थालेको छ’- कोइरालाले भने।

प्रकाशित: १७ असोज २०८० १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast