सहज आपूर्ति र बजार अनुमगन प्रभावकारी बनाउन समितिको निर्देशन

हिमाल प्रेस १७ असोज २०८० १६:२४
सहज आपूर्ति र बजार अनुमगन प्रभावकारी बनाउन समितिको निर्देशन फाइल तस्बिर।

काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उपभोग्य वस्तुको सहज आपूर्ति गर्न र बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ।

दसैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको कृत्रिम अभाव गराउने र मूल्यवृद्धि गर्ने हुँदा त्यस्तो अवस्थाको अन्त्य गराउन समितिको आजको बैठकले सरकारलाई निर्देशन दिएको हो।

बैठकका निर्णय सुनाउँँदै सभापति अब्दुल खानले चाडबाड लक्षित सहूलियत मूल्य पसलको संख्या बढाउन, दुर्गम जिल्लामा खाद्य वस्तुको अभाव हुन नदिन र बजार अनुगमनलाई प्रभावकारी बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको बताए।

‘चाडबाडलाई लक्षित गरी सरकारले देशका विभिन्न स्थानमा सहुलियत मूल्य पसल स्थापना गर्ने निर्णय गरेकामा त्यो स्वागतयोग्य छ। यस्ता सहुलियत पसल थप विस्तार गरी सबै नागरिकमाझ उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन समिति मन्त्रालयलाई निर्देशन दिन्छ”, उनले भने, ‘त्यस्तै दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन र बजारमा अस्वाभाविक मूल्यवृद्धि, मिसावट, कालोबजारी, कृत्रिम अभाव लगायतका समस्या समाधान गर्न अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ।’

बैठकमा नेपालमा उत्पादित सुपारीको निकासीमा देखिएका समस्याबारे सुपारी उत्पादक किसान र व्यवसायी तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गर्ने निर्णयसमेत भएको छ।

प्रकाशित: १७ असोज २०८० १६:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =