डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाको विजेता घोषणा

हिमाल प्रेस १७ असोज २०८० १२:३१
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाको विजेता घोषणा

काठमाडौँ- डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजनाअन्तर्गत ७१९१२७६१८६४ कास आईडीका ग्राहक रविन तामाङले नगद एक लाख रुपैयाँ जितेका छन्।

असोज १५ गते भएको लक्की ड्रमार्फत तामाङले नगद एक लाख पाएका हुन्। डीटीएच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो।

यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकले हरेक हप्ता लक्की ड्रमार्फत नगद एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन्। जसमा नगद १० लाख रहेको छ। यो योजनामा सहभागी हुनका लागि ग्राहकले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको सोकेस, सरोकार टीभी, रमाइलो टीभी, डिशहोमको आधिकारिक फेसबुक पेज र इमेज टीभीमा साँझ ५ बजे प्रत्यक्ष प्रसारण हुनेछ।

प्रकाशित: १७ असोज २०८० १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + fifteen =