एनसेलको निःशुल्क स्वास्थ्य शिविर

हिमाल प्रेस १५ असोज २०८० १२:५४
एनसेलको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सव तथा विश्व मुटु दिवसको अवसरमा लैनचौरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। शिविरमा ४०० भन्दा बढी मानिसले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाको लाभ लिएका थिए।

नर्भिक अस्पतालसँगका सहकार्यमा आयोजना गरिएको शिविरमा विषेशज्ञ डाक्टरबाट मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग र सामान्य स्वास्थ्य जाँचलगायतनका परामर्श, ईसीजी र मधुमेह जाँच सेवा दिइएको थियो।

एनसेलले ब्रान्ड वाचा ‘आज, भोलि, सधैँ सँगै’अन्तर्गत रही वार्षिकोत्सवको थिम ‘हामी तपाईंकै लागि’ अनुरूप स्वास्थ्य शिविरको आयोजना गरेको हो। स्वास्थ्य शिविरमा आएका सबैले थप जाँच गर्नुपरेमा नर्भिक अस्पतालले २० प्रतिशत छुटसमेत दिनेछ। शिविरमा निःशुल्क औषधि पनि दिइएको थियो।

प्रकाशित: १५ असोज २०८० १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =