लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना

हिमाल प्रेस १५ असोज २०८० १२:३५
लिट्मस केबल्सको ‘वायरिङ दमदार, घर शानदार’ योजना

काठमाडौँ- लिट्मस केबल्सले दसैँ तथा तिहारको अवसरमा आफ्ना उपभोक्तालाई लक्षित गरि ‘वाइरिङ दमदार, घर शानदार’ योजना ल्याएको छ।

योजनाअन्तर्गत ५ विजेताले हरेक हप्ता ड्रिल मेसिन, राइस कुकर, एरड्रपस र स्मार्ट वाचजस्ता इलेक्ट्रोनिक्स सामान जित्ने मौका पाउनेछन्।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजारसम्मको लिट्मस केबल खरिद गरी त्यसको अनिवार्य भ्याट बिल लिनुपर्छ। त्यसपछि लिट्मस केबलले वायरिङ गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९८०१९१४४५५ मा ह्वाट्एप वा भाइबरमा पठाउनुपर्ने कम्पनीले जनाएको छ।

बम्पर लकी ड्रका विजेताले टीभी, वासिङ मेसिन, ल्यापटप र मोबाइल जित्ने मौका पाउनेछन्। यो योजना असोज १५ देखि कात्तिक ३० गतेसम्म मान्य हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १५ असोज २०८० १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =