कुमारी बैंकको ‘दसैँ र तिहार परिवारलाई उपहार’ योजना

हिमाल प्रेस १५ असोज २०८० १२:२६
कुमारी बैंकको ‘दसैँ र तिहार परिवारलाई उपहार’ योजना

काठमाडौँ– कुमारी बैंक लिमिटेडले दसैँ तथा तिहारलाई लक्षित गर्दै आफ्ना बचत खातामा विभिन्न आकर्षक सुविधा प्रदान गर्ने भएको छ।

यस अवसरमा बैंकले ग्राहकमाझ कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दसैँ र तिहार परिवारलाई उपहार’ योजना ल्याएको छ।

२६ लाखको बिमा सुविधाअन्तर्गत परिवारका चारजना सदस्यलाई एक लाख रुपैयाँको मेडिकल बिमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाखसम्मको दुर्घटना बिमा तथा एक लाखसम्मको घातक रोग बिमा सुरक्षण समावेश गरिएको छ। साथै खाता खोलिएको पहिलो वर्षको लागि लकर सुविधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट/क्रेडिट कार्ड सुविधा प्रदान गर्ने बैंकले जनाएको छ।

यसै अवसरमा बैंकका अन्य बचत खातामा २० हजारको मेडिकल बिमा सुविधा प्रदान गर्नेछ। बैंकले सानिमा जीआईसी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बिमा प्रदायक कम्पनीको रूपमा सहकार्य गर्दै आएको छ। कुमारी बैंकले देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटीएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको छ।

प्रकाशित: १५ असोज २०८० १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =