एमाले गण्डकी अधिवेशन आज : खगराज र पृथ्वीसुब्बाबीच गुटगत टक्करको सम्भावना

हिमाल प्रेस १५ असोज २०८० ७:५६
22
SHARES
एमाले गण्डकी अधिवेशन आज : खगराज र पृथ्वीसुब्बाबीच गुटगत टक्करको सम्भावना

काठमाडौँ- नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ। अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ। अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन्।

गण्डकीमा एमाले राजनीतिमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी सदावहार प्रतिस्पर्धी हुन्।

एमाले गण्डकीमा उपमहासचिव गुरुङले हाल प्रदेश अध्यक्ष नवराज शर्मा र सचिवमा धनञ्जय दवाडीलाई नै अघि सारेका छन्। अध्यक्ष र सचिवबाहेक अन्य पद बाँडफाँट गरेर सहमति गर्न सकिने गुरुङ पक्षको जोड छ।

उता, अधिकारी पक्षले भने केन्द्रीय सदस्य मायानाथ अधिकारीलाई प्रदेश अध्यक्ष र रश्मी आचार्यलाई सचिवमा उम्मेदवार बनाउने तयारी गरेका छन्। अधिकारीले सर्वसम्मति गर्न केन्द्रीय सदस्य कृष्ण थापालाई अध्यक्ष बनाउन पनि प्रस्ताव गर्दैछन्।

थापा गत स्थानीय निर्वाचनमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यसँग पराजित उम्मेदवार हुन्। प्रदेश सांसद त्यागेर उनी मेयर उम्मेदवार बनेका थिए।

यसबाहेक एमाले गण्डकीको अध्यक्षमा केन्द्रीय सदस्यहरू रामशरण बस्नेत, राजिव पहारी, प्रदेश उपाध्यक्ष मोहन रेग्मी, सोभियत ढकाल, हिराबहादुर केसी पनि प्रदेश अध्यक्षका दाबेदार छन्।

गण्डकी अधिवेशन उद्घाटनको तयारी चलिरहँदा कोशी र कर्णालीमा मतगणना गर्ने तयारी छ।

प्रकाशित: १५ असोज २०८० ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 16 =