एमाले कोशीमा रातभर मतदान, केहीछिनमा मतगणना

हिमाल प्रेस १५ असोज २०८० ७:१९
2
SHARE
एमाले कोशीमा रातभर मतदान, केहीछिनमा मतगणना

काठमाडौँ- नेकपा एमाले कोशी प्रदेश कमिटीको नयाँ नेतृत्वको लागि भएको मतदान सकिएको छ।

९ सय ९७ प्रतिनिधि रहेकोमा ९ सय ७७ जनाले मतदान गरेको निर्वाचन कमिटीका अध्यक्ष चुणामणि आचार्यले जानकारी दिए। ​

आइतबार राति १० बजेदेखि सुरु भएको मतदान आज बिहान ५ बजे सकिएको थियो। अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ पदाधिकारीसहित ११६ पदमा निर्वाचन सुरु भएको हो।

अध्यक्षमा मोरङका घनश्याम खतिवडा र विनोद ढकाल उम्मेदवार छन्। यता उपाध्यक्षमा भने धनुकटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन्।

सचिवमा उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारी उम्मेदवार छन्। यसैगरी २ जना उपसचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ। जसमा खोटाङका देवान राई, मोरङका खेम नेपाली र झापाकी जलवर्षा राजवंशी उम्मेदवार छन्।

प्रकाशित: १५ असोज २०८० ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast