अदालतमा बयान फेर्नेलाई अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १४ असोज २०८० १७:३१
54
SHARES
अदालतमा बयान फेर्नेलाई अख्तियारले दायर गर्‍यो भ्रष्टाचार मुद्दा

काठमाडौँ- विशेष अदालतमा मुद्दा पुगेपछि बयान फेर्ने गोकर्णेश्वर नगरपालिकाका बासिन्दा ज्ञानहरि लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ। लामाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलका आठौं तहका इन्जिनियर योगेन्द्र ढुंगेललाई १ लाख ५० हजार रुपैयाँ घूस दिएका थिए।

उनैले दिएको घूस र बयानलाई आधार बनाउँदै इन्जिनियर ढुंगेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। अर्थात् उनी भ्रष्टाचार मुद्दामा सरकारी साक्षी बनेका थिए। उनले आयोगमा दिएको बयानको प्रतिकूल विशेष अदालतमा बकपत्र गरेको हुँदा मुद्दा लगाएको हो।

अख्तियारले त्यसरी बयान फेर्दै मुद्दालाई कमजोर बनाएपछि मूलअभियुक्त सरह १ लाख ५० हजार रुपैयाँ बिगो तथा जरिवाना मागसहित आइतबार भ्रष्टाचार मुद्दा चलाएको हो। उनलाई घूस दिएको अभियोग आयोगले लगाएको हो।

उनैले बुझाएको घूस र बयानका आधारमा २०८० वैशाख १५ मा इन्जिनियर ढुंगेलविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा चलाएको थिए। इन्जिनियर ढुंगेल घूस रकमसहित पक्राउ परेका थिए। खाद्य विभागसँग खानेपानी जार तथा मिनरवल वाटरका निम्त अनुज्ञापत्रका लागि लामाले घूस बुझाएका थिए। त्यसरी बयान फेरेपछि उनी ‘घूस बुझाउने’ व्यक्तिको अभियोग लागेको हो।

प्रकाशित: १४ असोज २०८० १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast