काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा हिनामिना गरेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा.प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध मुद्दा विशेष अदालतमा दायर गरेको हो।
जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप आयोगको छ। त्यस्तै अख्तियारले पशुपति क्षेत्र विकास कोषका स्कोटर किपर अरुणकुमार श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरेको छ।
प्रकाशित: १४ असोज २०८० १६:०४
प्रतिक्रिया