काठमाडौँ- शिल्पी थिएटरमा नाटक ‘सट्टापट्टा’ मञ्चन हुँदैछ। तीन दिन मञ्चन हुने नाटकमा संगीता उराँव, स्मारिका फुयाल, सुशीला विश्वकर्मा, सुनीता गाहामगर, झकेन्द्र बिसी, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, ज्याक बराल, अनुप तिमल्सिना, प्रेमचन्द्र पाण्डेयको अभिनय रहेको छ।
१४, १५ र १६ असोजमा काठमाडौँमा देखाइने नाटक १७ गतेदेखि उपत्यकाबाहिर मञ्चन गरिनेछ। लमजुङ, तनहुँ, पोखरा, चितवन, रौतहट, सिन्धुली, महोत्तरी, मोरङ, झापामा असोज २७ सम्म नाटक मञ्चन हुनेछ।
‘कृत्रिम मल, कृत्रिम माटो, कृत्रिम मानिस’ भनिएको नाटकमा प्रत्यक्ष संगीत पनि हुनेछ। संगीतमा स्मारिका फुयाल, अनुप तिमल्सिना रहनेछन्। काठमाडौँ, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा बेलुका ५ बजे मञ्चन हुने नाटकको प्रवेश निःशुल्क रहेको छ।
प्रकाशित: १४ असोज २०८० १४:०६
प्रतिक्रिया