१४ अंकले घट्यो नेप्से, कारोबार रकम ५७ करोडमा खुम्चियो

हिमाल प्रेस १४ कार्तिक २०८० १५:३७ | Tuesday, October 31, 2023
१४ अंकले घट्यो नेप्से, कारोबार रकम ५७ करोडमा खुम्चियो

काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) १४.२९ अंकले घटेको छ। १८७८ बिन्दुबाट सुरु भएको बजार लगातार घटेर परिसूचक १८६४ बिन्दुमा झरेको हो।

आज कारोबार पनि निकै कम भएको छ। कुल २८६ कम्पनीको २२ लाख ५८ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५७ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ।

मंगलबार १९३ कम्पनीको सेयर मूल्य घट्दा ३८ कम्पनीको सामान्य अंकले बढेको छ। ७ कम्पनीको मूल्य स्थिर रह्यो। आज पनि सोनापुर मिनिरल्स एण्ड ओयल लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो।

आइतबारदेखि दोस्रो बजारमा कारोबार सुरु भएको सोनापुरको लगातार तीन दिन १० प्रतिशतले मूल्य घटेको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १ करोड ७० लाख रुपैयाँको सेयर खरिदबिक्री भयो। त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ करोड ६५ लाख र नबिल बैंकको १ करोड ४८ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो।

प्रकाशित: १४ कार्तिक २०८० १५:३७ | Tuesday, October 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast