होटेलमा महिलाको घाँटी रेटेर ‘हत्या’

हिमाल प्रेस १ कार्तिक २०८० १३:१२ | Wednesday, October 18, 2023
होटेलमा महिलाको घाँटी रेटेर ‘हत्या’

त्रिवेणी (रुकुम पश्चिम)- रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ खलंगस्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शंकास्पद व्यक्ति पक्राउ गरिएको जानकारी दिए।

मुसिकोट नगरपालिकाका–७ साँखकी २८ वर्षीया भावना विक खलंगाको सत्कार होटेलको कोठा नम्बर १ मा मंगलबार बिहान मृत फेला परेपछि साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्नाका साथै शंकास्पद एक व्यक्ति पक्राउ गरिएको छ। भट्टराईका अनुसार मृतक महिलाको घाँटी रेटेर हत्या गरिएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको उनले बताए। रासस

प्रकाशित: १ कार्तिक २०८० १३:१२ | Wednesday, October 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast