काठमाडौँ- डिजिटल वालेट आइएमई पेले होटल एन्ड होमसँग सम्झौता गरेको छ। जसअन्तर्गत होटल एन्ड होमको वेबसाइटमार्फत नेपालभित्रका विभिन्न होटलमा बुकिङ गरी आइएमई पेमार्फत भुक्तानी गर्दा सेवाग्राहीले १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
बडा दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको यो छुट कात्तिकको अन्त्यसम्म लागू हुनेछ।
सम्झौतामा आइएमई पेका प्रमुख मार्केटिङ अधिकृत सन्जिवचन्द्र न्यौपाने तथा होटल एन्ड होमका प्रमुख कार्यकारी अधिकृत उत्सव पाठकले हस्ताक्षर गरेका छन्।
प्रकाशित: २ कार्तिक २०८० १३:५० | Thursday, October 19, 2023
प्रतिक्रिया



