हलिउडमा डेब्यु गर्दै ज्याकलिन

हिमाल प्रेस १७ असोज २०८० १२:४२
हलिउडमा डेब्यु गर्दै ज्याकलिन

काठमाडौँ- बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले हलिउडमा डेब्यु गर्ने भएकी छन्। हलिउड अभिनेता जिन क्लाउड भ्यान डम्मेसँग तस्बिर सेयर गर्दै उनले आफूले हलिउडमा काम गर्ने संकेत गरेकी हुन्।

ज्याकलिन हलिउड अभिनेतासँग देखिँदा बलिउड कलाकारले समेत उनलाई शुभकामना दिइरहेका छन्। पछिल्लो समय बलिउड फिल्ममा खासै देखिएकी छैनन् उनी।

रोहित सेट्टीको ‘सर्कस’मा देखिएकी उनी अब सोनु सुद र विजयराजसँग फिल्म ‘फतेह’मा देखिनेछिन्। त्यस्तै तीन साताअघि सार्वजनिक भएको ‘वेलकम टू द जंगल’को भिडियोमा पनि उनी देखिएकी छन्। फिल्म सन् २००७ मा प्रदर्शनमा आएको ‘वेलकम’को तेस्रो भाग हो।

प्रकाशित: १७ असोज २०८० १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast