हनुमानढोकाको दसैँ घरमा जमरा राखियो [फोटो फिचर]

दिपेश श्रेष्ठ २८ असोज २०८० १२:१३ | Sunday, October 15, 2023
हनुमानढोकाको दसैँ घरमा जमरा राखियो [फोटो फिचर]

काठमाडौँ- यस वर्षको वडा दसैं आज आइतबारबाट सुरु भएको । नवरात्रीको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिन्छ। काठमाडौँको हुनमान ढोकास्थित दसैं घरमा पनि विधिवत रुपमा जमरा राखेर घटस्थापना मनाइएको छ।

विधिवत् मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत ११:२९ बजे जमरा राखिएको हो। सो अवसरमा नेपाली सेनाले मंगल धुन बजाएको थियो भने बन्दुक पड्काएर बढ्याइँ गरेको थियो। बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याइ गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौं रोप्ने परम्परा छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ।

घटस्थापनाको दिन रोपिएको जमरा विजयादशमीको दिन दुर्गालाई चढाएर टिका प्रसादसँगै जमरा पनि लगाउने गरिन्छ। जमरालाई आयुर्वेदिक औषधिका रूपमासमेत प्रयोग गरिन्छ।

प्रकाशित: २८ असोज २०८० १२:१३ | Sunday, October 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast