स्वास्थ्य अवस्था सामान्य बनेपछि स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस ८ कार्तिक २०८० १२:२९ | Wednesday, October 25, 2023
स्वास्थ्य अवस्था सामान्य बनेपछि स्वदेश फर्किए उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुटुमा स्टेन्ट राखेर स्वदेश फर्किएका छन्। चीनको बेइजिङबाट छेन्दु हुँदै उनी केही बेरअघि  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।  अक्टोबर १७ र १८ मा बेइजिङमा आयोजित तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन उनी चीन गएका थिए।

फोरमको कार्यक्रममा सहभागी भएपछि  श्रेष्ठलाई हृदयाघात भएको थियो। तत्काल बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पताल लगिएका श्रेष्ठको आकस्मिक शल्यक्रिया गरी मुटुमा  स्टेन्ट राखिएको थियो।  पाँच दिनसम्मको उपचारपछि उनको अवस्था सामान्य बनेको छ। तर चिकित्सकले अझै केही दिन विश्राम लिन सुझाएको उनको सचिवालयले जनाएका छन्। उनी केही दिन आरम गरेर नियमित काममा फर्कनेछन्।

प्रकाशित: ८ कार्तिक २०८० १२:२९ | Wednesday, October 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast