सैनिक ऐन, नियमविपरीत हुने कुरा सोच्न पनि सक्दिनँ : रक्षामन्त्री

हिमाल प्रेस २८ असोज २०८० ९:१४ | Sunday, October 15, 2023
सैनिक ऐन, नियमविपरीत हुने कुरा सोच्न पनि सक्दिनँ : रक्षामन्त्री पूर्णबहादुर खड्का। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको सैनिक ऐन, नियम र स्थापित परम्पराप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। नेपाली सेनाको भावी प्रधानसेनापतिका नाममा आफ्नो नाम जोडेर आएका सार्वजनिक कुरा भ्रामक भएको उनको भनाइ छ।

माओवादी पूर्वलडाकुबाट नेपाली सेनामा समायोजन भई सहायक सहायक रथी बनेका यमबहादुर अधिकारीको पदावधि थप्न लागिएको विषयमा विभिन्न टीकाटिप्पणी भएपछि रक्षामन्त्रीसमेत रहेका खड्काले यस्तो स्पष्टीकरण दिएका हुन्।

खड्काले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली सेनाको भाबी प्रधानसेनापतिको नाममा मेरो नाम समेत जोडेर केही सञ्चारमाध्यममा लेखिएका कुरा भ्रामक र असत्य भएको कुरा प्रस्ट पार्न चाहन्छु। सैनिक ऐन, नियम र नेपाली सेनाको स्थापित परम्परा विपरीत गर्ने र हुन दिने कुरा म कल्पना पनि गर्न सक्तिनँ, म यसप्रति पूर्ण प्रतिबद्ध छु।’

प्रकाशित: २८ असोज २०८० ९:१४ | Sunday, October 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast